IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल र पाँचथर पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस ७ गते बुक क्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पाँचथर पावरले पुस १८ गते होटल इम्पेरियल काठमाडौं, बत्तीसपुतलीमा सातौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Esewa
Crest

त्यसैगरी, सोल्टी होटलपुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे ४८ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६ दशमलव ३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS