IME Life New

नेपाल लाइफमा आन्दोलित अभिकर्तासँग सहमति, यस्तो छ उच्च व्यवस्थापनको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत लामो समयदेखि आन्दोलनमा रहेका नेपाल लाइफका अभिकर्ताहरुको मागलाई कम्पनी उच्च व्यवस्थापनले पुरा गर्ने सहमति जनाएको छ । आज नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारी विचमा सहमति भएको हो ।

अभिकर्ताहरुले राखेका जायज मागहरु पुरा भएको कम्पनीले जनाएको छ । आज दुई पक्ष विचमा नयाँ बीमा योजना तुरुन्तै ल्याउने सहमिति भएको छ । आजको सहमति पछि बीमा शुल्क नविकरण शुल्कमा दिदै आएको छुट सबै बीमितले २ वर्षको जरिवाना छुट पाउने भएका छन् ।

Esewa
Crest

बीमालेख धितो कर्जामा बैंकको बेस रेट घटेकै दिनदेखि पुरानै कम्पनीले दिदै आएको व्याजदरमा कर्जा उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ । अभिकर्ता सवारी कर्जा सुचारी गर्ने विषयमा पनि उच्च व्यवस्थापन सँग सहमित भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई दिदै आएको विभिन्न कर्जामा रोक लगाएका कारण कम्पनीले पनि यसमा रोक लगाएको थियो । तर पछिल्लो समय प्राधिकरण पनि यस विषयमा लचक देखिदै आएको छ ।

कम्पनीले सबै पेण्डिङ रहेका स्किमका कार्यक्रमहरु पौष महिनाभरीमा सम्पन्न गर्ने भएको छ । बीमालेखमा लिएको थप अतिरिक्त शुल्क हटाउने विषयमा पनि सहमति जुटेको छ । सातवटै प्रदेशमा अभिकर्ता सम्मान तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गर्ने, उक्त कार्यक्रम प्रदेश नम्बर एकबाट नयाँ बीमा योजना सहित तुरुन्तै सुरु गर्ने विषयमा सहमति जुटेको अभिकर्ता संघले जानकारी दिएको छ ।

ए.एम.बिसी सिस्टममा पुनर्बिचार गर्न कम्पनी व्यवस्थापन तथा संचालक समिति सकारात्मक रहेको र सुधार गर्नु पर्ने अन्य विविध विषयहरु निरन्तर सुधार गर्दै जान कम्पनी व्यवस्थापन सहमत भएको हुँदा आज कम्पनी व्यवस्थापन र पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ विच सहमार्य गरेर अगाडी बढ्न सहमति भएको हो । सहमति सँगै विगतका उपलब्धीहरुको रक्षा गर्दै, पाएका उपलब्धीहरुलाई संरक्षण गर्दै बाँकी रहेका जाहेज मागहरुलाई पुनः उठान गर्दै अगाडी बढ्ने गरी संझौता गरिएको हुँदा सबै अभिकर्ताहरुलाई जोस जागरका साथ बीमा व्यवसाय बृद्धि गर्ने अभियानमा अगाडी बढ्न अपिल गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

6%
sad

दु :खी

17%
amazed

अचम्मित

4%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS