काठमाडौं । हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले वार्षिक साधारण सभा पुस आज ६ गते हुँदैछ । सभा अपराह्न १२ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहाल, काठमाडौंमा गर्ने जनाएको छ ।
सभाले अवितरित हकप्रद शेयर बारेर छलफल गर्ने र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आथिृक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बन्द गर्ने जनाएको छ ।