Connect IPS
IME Life

शिवमका सञ्चालक इन्साइडर ट्रेडिङको कारबाहीमा पर्ने अवस्था पछि ५ सञ्चालकको निर्वाचन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्टको सञ्चालक समितिका अध्यक्ष सहित उच्च व्यवस्थापन तहका कर्मचारीलाई इन्साइडर ट्रेडिङको आरोपमा अनुसन्धान सुरु भए सँगै कम्पनीले ५ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

कम्पनीले पुस २९ गते आह्वान गरेको सातौ वार्षिक साधारणसभामा आगामी ४ वर्षे कार्यकालका लागि ५ जना संचालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरेको छ । इन्साइडर ट्रेडिङका विषयमा अहिले अनुसन्धान भइरहेको छ ।

Prabhu
Crest

सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलले अध्यक्ष पदमा बहाल रहदा रहदै १५ अर्ब भन्दा माथिको कारोबार गरेको खुल्न आएको छ । उनि सहित कम्पनीका धेरै संस्थापकहरुले लगात मूल्य भन्दा महंगोमा शेयर बिक्री गरेर उम्किसकेका छन् ।

शेयर बजार तल झर्नुको एउटा कारण शिवमले बिक्री गरेको ठुलो शेयर अहिले अल्पकालिन लगानीकर्ता तथा सर्वसाधारण लगानीकर्ता सँग छ । उनिहरुले कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भन्दै हल्ला चलाएका थिए । यहि हल्लै हल्लामा संस्थापक लगानीकर्ताहरुले शेयर बिक्री गरेर एक्जिट गरिसकेका छन् ।

बजारमा हकप्रदको हल्ला मच्चाएर अन्तिममा कम्पनीले १०.५३ प्रतिशत मात्रै नगद लाभांश घोषणा गरेको छ । अहिले लाभांश कम घोषणा गर्नुको प्रमुख कारण उनिहरु सँग अहिले शेयर छैन । बजार तल झरेर शेयर भाउ सस्तो भएको समयमा पुनः शेयर खरिद गर्ने र आगामी वर्षमा राम्रो लाभांश घोषणा गर्ने दाउमा उनिहरु छन् । यसरी नियामक निकाय नहुँदा यस्ता उत्पादनमुलक कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई फसाउने गरेका छन् ।

कम्पनीले पुस २९ गते विहान १० बजे हेटौडाको सामना होटलमा साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज हुनेछ । पुस १९ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

8%

दु :खी

21%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS