IME Life New

राष्ट्रिय बीमा संस्थानका कर्मचारी आन्दोलित, लेखापरीक्षण गर्न नसकेकोदेखि लिएर यस्ता छन् ८ बुँदे कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ८ बुँदे माग तथा कारण प्रस्तुत गरेका छन् ।

संस्थानका प्रशाशक कवि प्रसाद पाठक पहिलो पटक नियुक्त हुँदा जुन किसिमका समस्या थिए उनिको दोस्रो कार्यकाल पुरा हुनै लाग्दा पनि जस्ताको त्यस्तै रहेको भन्दै सम्पुर्ण कर्मचारीहरु संस्थानको हकहितका लागि आन्दोलनमा उत्रिन वाध्य भएको कर्मचारी संघका अध्यक्ष मनोज गौतमले जानकारी दिए । उनले भने ‘अहिले हामीले राखेका माग विगत ४/५ वर्षदेखि राख्दै आएका हौ । तर प्रशाशक, नेपाल सरकार, बोर्ड नै उक्त माग पुरा गर्न तयार छैनन् ।’

Esewa
Crest

कर्मचारी युनियनहरुले राष्ट्रिय बीमा संस्थानमा विगत १० वर्षदेखि लेखापरीक्षण एवं वार्षिक साधारणसभा नभएको भन्दै यसलाई तत्काल पुरा गर्न माग राखेका छन् । लेखापरीक्षणको विषयमा संस्थानकै कर्मचारीको असहयोग हुँदै आएको छ । प्राधिकरणले यसका लागि धेरै नै सहजिकरण गरिसकेको छ तर पनि काम हुन सकिरहेको छैन । प्रशाशक पाठकले आफ्नो कार्यकाल सकिएर विदाइ हुने समयमा आफुले लेखापरीक्षणको काम सकिनै लाग्दै बाहिरिनु परेको भन्दै गुनासो पोखेका थिए तर उनले दोस्रो कार्यकालमा उक्त काम पुरा गर्न सकेका छैनन् ।

संस्थानको एक्चुरी भ्यालुएसन नहुँदा विगत १० वर्षदेखि बीमितले नयाँ बोनसदर प्राप्त गर्न सकेका छैनन् । कर्मचारी युनियतले संस्थानको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा रहेको खाद्य संस्थानको नाममा रहेको जग्गा संस्थानको नाममा ल्याउन नसकेको भन्दै विरोध जनाएका हुन् ।

युनियनका अनुसार संस्थान उच्च व्यवस्थापन दीर्घकालिन लगानीमा भन्दा पनि अल्पकालिन लगानीमा रमाइरहेको छ । यसले संस्थानको मुनाफामा नराम्रो असर पुर्याउछ । अर्को तर्फ उच्च व्यवस्थापनका कर्मचारीहरुले अल्पकालिन लगानीका नाममा अन्य वित्तीय संस्थाहरु सँग वार्गेनिङ गरेर व्यक्तिगत फाइदा लुट्ने गरेका छन् ।

नयाँ बीमा ऐनले संस्थालाई कम्पनीमा रुपान्तरणका लागि एक वर्षको अवधि दिएको छ । तर संस्थाले यसका लागि कुनै पनि कानुनी प्रकृयाँहरु अगाडी नबढाएको युनियनको आरोप छ । संस्थानले आफ्नो विनियमावली प्रवन्धपत्र लगायतका कानुनी कागजपत्र संशोधन गर्नु पर्ने हुन्छ । तर अहिलेसम्म पनि संस्थान उच्च व्यवस्थापनले यो काम अगाडी नै बढाएको छैन ।

कर्मचारी युनियनहरुले संस्थानलाई संस्थागत विधिसम्मत रुपमा संचालन नगरी काम चलाउ रुपमा चलाउन खोजेको आरोप लगाएका छन् । कर्मचारीहरुको सेवा सुविधाहरु लेखापरीक्षण नभएको बहाना गर्दै हालको महंगी मूल्यबृद्धि अनुसार समयसामयिक बनाउने काम नभएको भन्दै उनिहरु आक्रोसित छन् ।

संस्थान उच्च व्यवस्थापनले कर्मचारी युनियनहरुसँग विगतमा भएका अधिकांश संझौताहरु पालना नगरेको उनिहरुको आरोप छ । संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका कर्मचारीहरुले अहिलेसम्म ठोस योजना भने सार्वजनिक गरिसकेका छैनन् ।

देशकै बीमा क्षेत्रको पहिलो तथा ठुलो पुर्ण रुपमा सरकारको स्वामित्वमा रहेको संस्थानलाई राजनीतिक अभिष्ट पुरा गर्ने क्रिडास्थल बन्न नदिइ राष्ट्र संस्था र सम्पुर्ण कर्मचारीको हितमा कार्य गर्ने संस्था बनाउनको लागि दवाव सिर्जना गर्न कर्मचारी युनियनले सबैलाई अपिल गरेका छन् । उनिहरुले चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् । यदि अहिलेका मागहरु पुरा नभएमा थप आन्दोलका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने कर्मचारी संघका अध्यक्ष मनोज गौतमले जानकारी दिए ।

आन्दोलनका ८ कार‍ण

१. राष्ट्रिय बीमा संस्थानमा विगत १० वर्षदेखि लेखापरीक्षण एवं वार्षिक साधारणसभा नभएको

२. संस्थानको वार्षिक रुपमा नियमित हुनु पर्ने एक्चुरी भ्यालुएसन विगत १० वर्षदेखि नभएको

३. संस्थानको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा रहेको खाद्य संस्थानको नाममा रहेको जग्गा संस्थानको नाममा ल्याउन नसकेको

४. संस्थानको दीर्घकालिन जनशक्ति व्यवस्थापन योजना तथा कर्मचारी वृत्ति विकास सँग सम्बन्धित कर्मचारी नियमावली नल्याई संस्था तथा कर्मचारीलाई बन्दकमा पारेको

५. बीमा ऐन २०७९ आए पछि संस्थान एक वर्ष भित्र राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भै कम्पनी मोडलमा जानु पर्ने अवस्था आएको महिनौ वितिसक्दा पनि प्रवन्धपत्र नियमावली पूँजी बृद्धि योजना कर्मचारी विनियमावली जस्ता यावत विषयमा ध्यान नदिइ व्यवस्थापन तथा संचालक समिति दीर्घकालिन लगानीमा भन्दा अल्पकालिन लगानीमा रमाउने प्रवृत्ती मौलाएको

६. संस्थानलाई संस्थागत विधिसम्मत रुपमा संचालन नगरी काम चलाउ रुपमा चलाउन खोजेको

७. कर्मचारीहरुको सेवा सुविधाहरु लेखापरीक्षण नभएको बहाना गर्दै हालको महंगी मूल्यबृद्धि अनुसार समयसामयिक बनाउने काम नभएको

८. संस्थानका कर्मचारी युनियनहरुसँग विगतमा भएका अधिकांश संझौताहरु संस्थानको व्यवस्थापनले पालना नगरेको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS