IME Life New

कर्णाली प्रदेशका सुरक्षा निकाय सँग बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न, दाबी भुक्तानीमा समन्वय गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशका सुरक्षा क्षेत्रका प्रमुखहरु सँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले कर्णाली प्रदेशको प्रदेश प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीको अनुसन्धान विभागका कर्मचारीहरु सँग बीमा क्षेत्रमा के कस्ता विषयवस्तु हुन सक्छन्, दाबी भुक्तानीमा कस्ता कस्ता विषयवस्तु हुन सक्छन्, घटना प्रकृतिको मुचुल्का तयार पार्दा सुरक्षा निकायलाई के के अप्ठ्यारो हुन सक्छ, बीमा ऐनमा के व्यवस्था छ, बीमा क्षेत्र कसरी चलिरहेको छ, नयाँ बीमा ऐनले के के व्यवस्था गरेको छ भन्ने विषयहरुमा अन्तर्क्रिया गरेको हो ।

Esewa
Crest

जुम्लारोड वीरेन्द्रनगर सुर्खेत स्थित शुभ होटलमा आयोजना भएको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, विशिष्ट अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेल, विशेष अतिथि सशस्त्र प्रहरी कार्यालयका उपरीक्षक निर कृष्ण अधिकारी, कर्णाली प्रदेश प्रहरी कार्यालयका उपरीक्षक हिरा बहादुर पाण्डे, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदम बहादुर विष्ट, सशस्त प्रहरी उपरीक्षक बीमल डाँगीको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख, प्रहरी निरीक्षक, प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी कर्मचारी, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, बीमाका सरोकारवालाहरु लगायत १५० भन्दा धेरैको सहभागिता थियो ।

सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बीमाको क्षेत्रमा सचेतना आवस्यक रहेको औल्याएका छन् । रिजालले बीमा गर्दा भौतिक संरचनाको मात्रै नभएर जोखिमको पनि बीमा गर्नु पर्ने आवस्यकता रहेको बताएका थिए । यदि जोखिमलाई बीमाको प्रणाली मार्फत हस्तारन्तरण गर्ने प्रणालीको विकास नभएमा सरकारले मात्रै क्षतिपुर्ती दिन नसक्ने रिजालले बताए । बीमा शुल्क भुक्तानी गर्न सक्नेले बीमा गरेर जोखिम हस्तान्तरण गर्नु पर्ने उनको धारणा रहेको छ । उनले यसका लागि नीतिगत रुपमा के कस्तो व्यवस्था गर्नु पर्ने हो त्यसका लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बीमाका कतिपय विवादलाई जिल्लाले तामेलिमा राखेर हेर्दा हेर्दै पनि सम्बन्धित बीमा कम्पनीको केन्द्रिय कार्यालयबाटै मिलिरहेको हुँदो रहेछ भन्दै गुनासो समेत गरे । यस्तो अवस्थामा बीमा प्राधिकरणकै प्रदेशिक कार्यालय नै स्थापना भए पछि थप सहज हुने उनले अपेक्षा गरेका छन् । दाबी भुक्तानीमा ढिलाइ भइरहेको सन्दर्भलाई जोड्दै उनले प्राधिकरणलाई यस विषयमा समन्वयन गर्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक पोखरेलले कार्यक्रमबाट सुरक्षा निकायमा काम गर्ने सबैलाई बीमाका धेरै विषयवस्तुहरु जानकारी भएको भन्दै आयोजक नेपाल बीमा प्राधिकरणका प्रादेशिक कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए । पौडेलले घटना प्रमाणिकरणमा एकरुपता ल्याउन र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘हामीले कागजात पठाउँदा पठाउँदै पनि पिडित पक्षलाई यो भएन त्यो भएन भनेर दाबी भुक्तानीमा ढिलासुस्ती हुने अप्ठारोपना छ । यस्तो अवस्थामा दाबी भुक्तानीलाई सहजिकरणका लागि हामीले के गर्नु पर्ने हो हामी गर्न तयार छौ ।’

कर्णालीको भौगोलिक संरचना धेरै नै जटिल छ । सामान्य कागजपत्रका लागि पनि धेरै हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता छ । दाबी भुक्तानीका लागि पटक पटाउनु पर्दा दाबी भुक्तानीमा अविस्वनियता रहेको पौडेलले जानकारी दिए । यसले कहि न कहि ग्यापको अनुभुति भएको उनको तर्क छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत बीमा सम्बन्धी विषयवस्तुलाई अझै प्रभावकारी रुपमा हेर्ने पौडेलले कार्यक्रममा जानकारी गराएका थिए । बीमाको विषयमा सबै पक्षहरु मिलेर अगाडी बढ्न समेत उनले आह्वान गरेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका प्रमुख उपनिर्देशक पदम प्रसाद सोडारीले बीमाको विषयमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको सञ्चालन सहायक निर्देशक चिनिया लामाले गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक राजेन्द्र महर्जनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS