Connect IPS
IME Life

लगातारको गिरावट पछि सुधारको संकेत, ३.८३ अंकले बढ्दा ८८ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट पछि आजदेखि सुधारको संकेत देखिएको छ । विगत दुई साताको अवधिमा १०५ अंक भन्दा माथिले गिरावट भयो । यस अवधिमा बैंकिङ तरलताको अभाव र आर्थिक मन्दीको दृष्यले लगानीकर्ताको मनोबल गिर्यो ।

आर्थिक मन्दी सँगै बैंकिङ प्रणालीबाट नयाँ कर्जा प्रवाह हुनै छाडेको छ । नयाँ कर्जा प्रवाह नहुँदै गर्दा बैंकिङ प्रणालीमा तरलता बढ्दै जानेछ । वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्समा लगातार सुधार भइरहेकोले पनि बैंकिङ प्रणालीमा तरलता बढ्दै जानेछ । तरलतामा सुधार सँगै शेयर बजारमा पनि विस्तारै सुधार हुने संकेत देखिएको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकका अनुसार अहिले सिडी रेसियो ८५.९२ प्रतिशतमा झरेको छ । कुनै समय सिडी रेसियो ९० प्रतिशत भन्दा माथि थियो । अहिले सिडि रेसियो लगातार तल झरिरहेको छ । आर्थिक मन्दी यसरी नै चुलिदै जाने हो भने नयाँ कर्जा प्रवाह हुने संकेत देखिदैन । नयाँ कर्जा प्रवाह नभइ बैकिङ तरलता विस्तारै बढ्दै गयो भने अवको केहि महिनामै शेयर बजारमा राम्रो सुधार देख्न सकिनेछ ।

सोमबार नेप्से सूचक ३ दशमलब ८३ अंकले सुधार भएको छ । १२५ वटा कम्पनीमा सुधार हुँदा ७२ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । पुस महिना दोस्रो त्रैमाशको अन्तिम महिना भएकाले अझै पनि शेयर बजारमा सप्लाइ आउने खतरा बाँकी नै छ । शेयर बजारमा ह्वात्तै सुधार आयो भने पनि तत्काल सप्लाइ आउने हुँदा पुस महिनामा त्यति धेरै ठुलो सुधारको अपेक्षा गर्न सकिदैन । तर बैंकिङ तरलता सुधारोन्मुख देखिदै गयो भने ठुलो गिरावट भन्दा पनि स्थिर भने हुनेछ ।

आज बैंकिङ माइक्रोफाइनान्स हाइड्रो र व्यापारको सूचकमा गिरावट आएको छ भने बाँकी सूचकमा सुधार देखिएको छ । आज धौलागिरी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै प्राइम कमर्सियल बैंकको ६ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो बजारमा आज ८८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS