काठमाडौं । आज नेप्से परिसूचक २७ दशमलव ५४ अंकले घटेर १,८५५ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज २५ कम्पनीको शेयर मुल्य बढेको छ भने१८० कम्पनीको शेयर मुल्य घटेको छ । आज २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।