काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले पुस २७ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ । उक्त सभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको भत्ता वृद्धि गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुने एजेण्डा छ । बोटलर्स नेपाल तराई लिमिटेडले सर्बसाधारण समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
1671338412814