काठमाडौं । बराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओको नतिजा भने केही समयपछि हेर्न सकिनेछ । कम्पनीको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिनेछ।
जस अनुसार बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको वेबसाइट https://www.niblcapital.com , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र बाराही हाइड्रोको वेबसाइट https://barahihydropower.com.np बाट हेर्न सकिने छ ।
कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ ।