IME Life
GBIME

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड, ५१ हजार ५२२ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ ।

Crest

योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले मंसिर २१ गतेदेखि आज मङ्सिर २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS