काठमाडौं । जुगल हाइड्रोपावरले छैटौं साधारणसभा पुष २४ गते गर्ने भएको छ । कम्पनीले जगदुल्ला हाइड्रोपावर कम्पनी, बानेश्वरमा सभा आयोजना गर्ने जनाएको छ ।
२०७९ मंसिर २९ मा बसेको संचालक समितिको निर्णय अनुसार पुष २४ गते हुने साधारणसभामा कम्पनीको आ.व.२०७८ /०७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । साथै आ.व.०२०७८ /०७९ को लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्त सम्मको वासलात। नफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तिय विवरण र इक्विटिमा भएको परिवर्तन विवरण उपर छलफल गरि पारित गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/ ८० का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नै, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालक समितिबाट निर्धारण गरिएको प्रबन्ध संचालकको पारिश्रमिक, भत्ता र अन्य सुविधा अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।