IME Life New

नेपाल ईलेक्ट्रोनिक पेमेन्टको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । उक्त सभा हात्तिसार स्थित आरन्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष रविन कुमार नेपालको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारण सभाले आर्थिक बर्ष २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिवेदन, एवं लेखा परिक्षकको प्रतिवेदनसहितको २०७९ अषाढ मसान्तको वासलात र मिति २०७८/४/१ देखि २०७९/३/३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रबाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै कम्पनीले पहिलो पटक संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) साधारण सभाले पारित गरेको छ।

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्ष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२० र पीसीआई पीन प्रमाणित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS