काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ /३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, तथा डिजेल र मट्टीतेल प्रतिलिटर १७५ पर्नेछ ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ । यसअघि पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १७८ रुपैयाँ थियो ।