Connect IPS
IME Life

बिन्धवासीनी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा पुस २२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्धवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरि कुल ५ दशमलव ०२६३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest

कम्पनीले पुस २२ गते साधारण सभा गर्ने जनाएको छ । उक्त सभा आफ्नै कार्यालयमा गर्ने जनाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारीश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समुह (ख) अर्न्तगत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व २ जना सञ्चालक चयन/ निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1671107209791

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS