काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना धितोपत्र सूचिकरण विनियमावली बमोजिम नगराएको भन्दै नेप्सेले मङ्सिर २३ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई अबदेखि यस्तो नगर्नको लागि सचेत गराउँदै कारोबार फुकुवन गरेको हो ।
नेप्सेले कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे सञ्चालक समितिको बैठकमार्फत लाभांश सम्बन्धी निर्णय गरी शेयरधनीहरूमा दिउँसो ३ः४२ बजे जानकारी गराएको भन्दै शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले स्पष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले सञ्चालकहरूबाट धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दागर्दै प्राविधिक रूपमा मानवीय त्रुटिले फरक अवस्था सृजना हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्ण पालना गर्ने प्रतिबद्धता कम्पनीले गरेपछि नेप्सेले मंसिर २९ गते कारोबार फुकुवा गरिदिएको छ ।
कम्पनीको शेयर कारोबार अब आइतबार पुस ३ गतेदेखि हुनेछ ।
1671097603669