IME Life New

बीमा प्राधिकरणका उपनिर्देशक भट्टले पाए गुनासाे सुनुवाई अधिकारीकाे जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले सेवाग्राहीकाे गुनासाे सुनुवाईका लागी उपनिर्देशक विराेध भट्टलाई गुनासाे सुन्ने अधिकारीकाे जिम्मेवारी सुम्पिएकाे छ। उपनिर्देशक भट्ट प्राधिकरणकाे कानून महाशाखा अन्तर्गत उजुरी शाखा प्रमुख हुन् ।

भट्टलाई प्राधिकरण वा बीमा कम्पनीहरुबाट प्रदान गरिने सेवाबारे कुनै गुनासाे भएमा साेकाे सुनुवाई गर्न र समस्या सम्बाेधनकाे लागी सम्बन्धित महाशाखा वा बीमा कम्पनीसँग समन्वय गर्ने जिम्मेवारी दिइएकाे छ। सर्वसाधारणले बीमा कम्पनीबाट प्रवाह गरिने सेवा सम्बन्धमा कुनै गुनासाे भएमा वा बीमा दाबी सम्बन्धमा कुनै गुनासाे भएमा गुनासाे सुन्ने अधिकारीसमक्ष जानकारी गराउन सक्नेछन् । यसबाहेक बीमा कम्पनीहरुले समेत प्राधिकरणबाट प्रवाह गरिने सेवा सम्बन्धमा कुनै गुनासाे भएकाे अवस्थामा  उपनिर्देशक भट्ट समक्ष जानकारी गराउन सक्नेछन् । प्राधिकरणकाे मंसिर २८ गतेकाे निर्णयबाट उनलाई गुनासाे सुन्ने अधिकारीकाे जिम्मेवारी प्रदान गरिएकाे हाे ।

Esewa
Crest

भट्टकाे अनुपस्थितिमा सहायक निर्देशक र‌ंजिता केसीले गुनासाे सुन्ने अधिकारीकाे जिम्मेवारी बहन गर्ने प्राधिकरणले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS