IME Life New

सोल्टी होटेलको साधारण सभा पुस २८ गते, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटेलले पुस २८ गते नेपाल प्रज्ञा भवन कमलादीमा साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ (२०२१ / २२) का वार्षिक आर्थिक विवरणहरु २०७९ आषाढ मसान्तको वासलात (वित्तीय स्थितिको विवरण), सोही मितिमा समाप्त भएको नाफा नोक्सान हिसाब (नाफा वा नोक्सान तथा अन्य विस्तृत आय विवरण), नगद प्रवाह विवरण (नगद प्रवाहको विवरण), तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र यस कम्पनी तथा कम्पनीको सहायक कम्पनीहरुको वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को लागि कम्पनीको वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिबाट सिफारिश भए बमोजिम कार्यकारी अध्यक्षको पारिश्रमिक तथा सुविधाहरु पारित गर्नेछ ।

सभाले कम्पनीको सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई छलफल गरी पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS