IME Life New

सञ्चालकहरुले नियम विपरित शेयर धितो कर्जा लिन थाले पछि रोक्का अनिवार्य राख्न नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सम्पुर्ण कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, लेखापरीक्षक, कम्पनी सचिव तथा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा संलग्न व्यक्तिलाई आफ्नो नामको शेयर लक गर्न निर्देशन दिएको छ ।

कतिपय कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुले नियम विपरित शेयरधितोमा राखेर कर्जा लिएको पाइए पछि नेप्सेले यस्तो निर्देशन जारी गरेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्ब्नधित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदश्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद विक्रीगर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’ भन्ने व्यवस्था छ ।

Esewa
Crest

तर नेप्से तथा सिडिएससीकै संलग्नतामा कतिपय कम्पनीहरुका अध्यक्ष तथा सञ्चालकहरुले नियम विपरित शेयरधितोकर्जा लिएको पाइएको छ । नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघाइले नै यसरी नियम विपरित शेयर प्लेज गरेको पाइएको छ । त्यस्तै यसरी रोक्का हुने शेयरलाई शिवम् सिमेन्टका अध्यक्षले नै बिक्री गरेको पाइएको छ ।

यो नियम पुरानो होइन । हाल कार्यान्वयनमै रहेको व्यवस्था हो । दोस्रो बजारमा सूचिकृत कम्पनीका सम्बन्धित व्यक्तिहरुको शेयर कम्पनी सचिवहरुले रोक्का गर्नै पर्छ । यसरी रोक्का गरिएको शेयर धितोमा राखेर कर्जा लिन तथा बिक्री गर्नै मिल्दैन । तर यहाँ रोक्का भइरहेको छ र खरिद बिक्री पनि भइरहेको छ । यसरी कम्पनीहरुले आफ्नो नियमको उल्लङ्घन गर्दा समेत नेप्से, धितोपत्र बोर्ड र सिडिएससी मुखदर्शक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS