Connect IPS
IME Life

रेमिट टू नेपाल पनि एनपीएसमा आबद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रेमिट टू नेपाल प्रा.लि.ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा रेमिट टू नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात रेमिट टू नेपालको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस एनपीआईसँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस व्यवस्था अनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खाता अथवा वालेटमा जम्मा गर्ने छ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्त सेवा उपलब्ध गरिनेछ ।

Prabhu
Crest

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७९ गैर बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । हाल १३ वटा रेमिटेन्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरू मार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिटेन्स सम्बन्धी कारोबारहरु गर्दै आएका छन् ।

रेमिट टू नेपाल प्रा.लि. ले एक दशकभन्दा बढी समयदेखि नेपालको रेमिटेन्स क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । नेपालमा प्रख्यात व्यापारिक क्षेत्र तथा उद्यमीहरुको समूहद्वारा स्थापना गरिएको, यस रेमिटले आफ्नो आधुनिक र प्रभावकारी रेमिटेन्स सुविधाहरु मार्फत विश्वभरबाट इनवार्ड रेमिटेन्स तथा आन्तरिक रेमिटेन्स लाई पनि लक्षित गर्दै विभिन्न रेमिटेन्स सेवाहरु प्रदान गर्दै आएको छ । यसले विश्वभर रहेका आफ्ना पार्टनरहरु र देशभरका एजेन्टहरु मार्फत छिटो र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS