Connect IPS
IME Life

सोमबारको अन्तिम समयको सुधारले निरन्तरता पाएन, किन मंगलबार उल्टै घट्यो शेयर बजार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार कारोबारको अन्तिम समयमा सुधारिएको शेयर बजारले मंगलबार भने निरन्तरता पाउन सकेन । सोमबार अधिकाम्स समय घटेको बजार अन्तिम दुई मिनेटमा १६ अंकले सुधार भएको थियो । नेपाल टेलिकम, नविल बैंक, अपर तामाकोशीको शेयर मूल्यमा उछाल आउदा अन्तिम समयमा सुधार भए पनि मंगलबार उक्त सुधारले निरन्तरता पाउन सकेन ।

हिजो बजार बढाउन सपोर्ट गर्ने कम्पनीको शेयर मूल्यमा सुधार आउन सकेन । अपर तामाकोशीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडी बढाए सँगै कम्पनीको शेयर मूल्यमा सुधार आएको हो । हिजो नविल बैंकले लाभांश घोषणा गर्नु अगाडीको इन्साइडर कारोबारले पनि बजार बढाउन मद्दत गर्यो । त्यस्तै नेपाल टेलिकमको शेयर मूल्यमा हिजो उछाल आयो । तर आज निरन्तरता पाउन सकेन । यसरी १० अर्ब भन्दा माथिका कम्पनीको शेयर मूल्यमा सुधार आउदा हिजो अन्तिम समयमा बजार बढ्यो । जसले आज निरन्तरता पाउन सकेन ।

Prabhu
Crest

मंगलबार नेप्से सूचक २.५७ अंकले घटेको छ । सूचकमा गिरावट सँगै १८९९ दशमलब ७० अंक कायम भएको छ । आज १०४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ९० कम्पनीको शेयर मूल्यमा सुधार भयो ।

आज पनि सिवाइसी नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको प्रतिशेयर आम्दानी नै ६० रुपैयाँ छ । नविल बैक नेपाल टेलिकमको सर्वाधिक धेरै कारोबार हुँदा नेपाल बैंकको कारोबार कित्ता सर्वाधिक धेरै छ । आज जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीहरुको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

86%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS