काठमाडौं । माउण्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।
कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले घोषणा गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।