काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज सुन तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।