काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कुल ३५ लाख ३१ ह्जार कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनबाट अुनमति पाएको हो ।
बोर्डले मंसिर १६ गते अनुमति दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।