Connect IPS
IME Life

शेयर बजारमा ४.८७ अंकको गिरावट, तिव्रगतिमा घटेको बजार सम्हालिदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार दोहोरो अंकले घटेको नेप्से सूचक आज केहि समालिएको छ । कारोबार खुल्ने वित्तीकै तिव्र गतिले ओरालो झरेको नेप्से सूचक अन्तिममा ४.८७ अंकले सुधार भएर बन्द भएको छ ।

चुनाव पछि बैंकिङ तरलता बढ्ने र शेयर बजार सुधार हुने अपेक्षाले चुनाव अगाडी शेयर बजारमा राम्रो सुधार देखिएको थियो । तर लगानीकर्ताले आशा गरे अनुसार तरलता आउन सकेन । चुनावमा समेत बढ्न नसकेको तरलता अवको अवस्थामा बढ्ने सम्भावना एकदमै न्युन छ ।

Prabhu
Crest

अर्को तर्फ नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स आह्वान गरेर आवेदन लिए पनि अहिलेसम्म किनारा लगाउन सकेको छैन । ब्रोकर कम्पनी खोल्नैका लागि भनेर शेयर बजारको अर्बौ रुपैयाँ फ्रिज भएर बसेको छ । ब्रोकरका लागि प्रतिवद्धता व्यक्त गरेको पूँजी बजारमा आउन सक्ने सम्भावना न्युन छ । जसले गर्दा शेयर बजारलाई लिक्वीड गर्न सकेको छैन ।

ठुला लगानीकर्ताहरुमा पनि बजार प्रति कन्फिडेन्स छैन । ब्रोकर लाइसेन्स, माइक्रोइन्स्योरेन्स कम्पनी, स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जका लागि ठुला लगानीकर्ताले बजारबाटै पैसा लैजाने भएकाले पनि बजारमा सप्लाइ बढ्न गएको हो ।

बीमा समितिले लाइसेन्स दिएका ७ वटा लघु बीमा कम्पनीहरुका संस्थापकले पैसा उठाइरहेका छन् । उनिहरुको पनि पहिलो स्रोत शेयर बजार नै हो । जसमा मारवाडी समुदायका लगानीकर्ता बढि छन् । यस्ता व्यवसायिक समुहले शेयर बिक्री गर्दै नयाँ कम्पनीमा लगानी गर्ने गर्छन् ।

मंगलबार नेप्से सूचक ४.८७ अंकले सुधार हुँदा ९६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । १०९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ७८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । आज जीवन बीमा, माइक्रोफाइनान्स र अन्य सूचक बाहेक सम्पुर्ण सूचकमा गिरावट आएको छ । सर्वाधिक धेरै धौलागिरीका शेयरधनीले ८.१७ प्रतिशतले कमाएका छन् । त्यस्तै शिवमको सर्वाधिक धेरै ८ करोड १२ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS