IME Life New

शिखर पावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

शेयर निष्काशन त्तहा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १ सय रुपैयाँ दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो।

वि.स.२०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनीले बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना ९ ४।९६ मे।वा। ० ू आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS