GBIME
IME Life

प्रदेश १ मा बैंककाे कर्जा लगानी रु ५ खर्बभन्दा माथि, तीन जिल्लामै सीमित भयाे ८८ प्रतिशत कर्जा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । पूर्वी नेपालकाे १४ वटा जिल्ला समेटेकाे प्रदेश १ अन्तर्गतका बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कूल कर्जाकाे ८८ प्रतिशत हिस्सा जम्मा तीनवटा जिल्लामा केन्द्रित छ । नेपाल राष्ट्र बैंकका अनुसार कूल प्रवाहित कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८.० प्रतिशत रहेको छ । अन्य ११ जिल्लाले जम्मा १२ प्रतिशत कर्जा उपभाेग गर्न पाएका छन् ।

१४ जिल्लामा राष्ट्र बैंकका अनुसार आव २०७८/२०७९ काे असार मसान्तसम्ममा कूल रु.५ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएकाे छ । जिल्लागत कर्जा प्रवाहकोआधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२.० प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ। अघिल्लाे आवकाे तुलनामा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १३.२ प्रतिशतले वृद्धि भएकाे छ ।

SKYWELL
Crest

गत आवमा औद्याेगिक कर्जाकाे प्रवाह अघिल्लाे आवकाे तुलनामा ८.३ प्रतिशतले घटेकाे छ । औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत रहेकाेमा  २२.३ प्रतिशतमा खुम्चिएकाे छ । सेवा क्षेत्रमा भएकाे कर्जा प्रवाह ७ प्रतिशतले वृद्धि भएर  ६७.७ प्रतिशत पुगेकाे छ ।

२०७९ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.० प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत रहेको थियो ।

याे तथ्यांकमा सहकारी संस्थाबाट प्रवाहित कर्जा समावेश छैन ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS