IME Life New

नेपाल टेलिकमले ल्यायो प्रोत्साहन योजना, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय मोबाइल प्रयोगकर्ताले अनलाइनबाटै मोबाइलमा धेरैजसो रिचार्ज गर्न थालेपछि नेपाल टेलिकमले भने भौतिक कार्ड उपयोग बढाउने रणनीतिमा गएको छ।

उपभोक्तालाई भौतिक रिचार्ज कार्डको खपत बढाउनका लागि उपभोक्तालाई प्रोत्साहन योजना ल्याएको छ।नेपाल टेलिकमले अफलाइन कार्ड खरिद गरी रिचार्ज गर्ने उपभोक्ताका लागि नि शुल्क डेटा दिने भएको छ।

Esewa
Crest

२, ५ र १ हजार रुपैयाँको रिचार्ज कार्ड खरिद गरी उपयोग गरेमा नि:शुल्क डेटा दिने टेलिकमले जानकारी दिएको छ। यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिनका लागि १ जीबी डेटा ५ सय रुपैयाँको कार्ड प्रयोग गर्दा ४ दिनसम्मका लागि ४ जीबी र हजार रुपैयाँको कार्ड प्रयोग गर्दा १० दिनसम्मका लागि १० जीबी डेटा पाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS