काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस १३ मा हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिको गठन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय सूचकहरुमाथि छलफल गर्नेछ ।