IME Life New

शिवम् सिमेन्टले ल्यायो शिवमसँग उपहार टन्न योजना, ५ ग्राम सुनको सिक्का जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्टले सफलताको सम्पूर्ण ग्राहकलाई दिँदै ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन्। उक्त कुपन स्क्र्याच गरी २ सयदेखि ५ सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्नेछन्।

सोही कुपनका आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन्। यो योजना अन्तर्गत हरेक महिनाको लक्की–ड्रमार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौँ पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत जित्न सक्नेछन्। तर, अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेश नभई मेघा लक्की ड्रमा मात्र समावेश गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन्।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरका आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ।

यस उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपालभरि लागू गरिएको छ। स्क्र्याचमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम सिमेन्टको बिक्री कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS