काठमाण्डाैं । सगरमाथा इन्स्याेरेन्सले निर्जीवन बीमा व्यवसायका लागी अभिकर्ताकाे रुपमा काम गर्न इच्छुक जनशक्तिकाे लागी अभिकर्ता तालिम संचालन गर्ने भएकाे छ । इन्स्याेरेन्सले मंसिर २१ देखि २४ सम्म मधेश प्रदेशकाे राजधानी जनकपुरमा तालिम संचालन गर्न लागेकाे हाे ।
प्रवेशिका परिक्षा अर्थात् एसएलसी वा एसइई तह उतीर्ण नेपाली नागरिकले तालिमकाे लागी आवेदन दिन सक्नेछन् । तालिममा सहभागीताका लागी १ हजार रुपैया शुल्क लाग्नेछ । संस्थागत अभिकर्ताकाे इजाजत पत्र लिन चाहने संस्थाकाे तर्फबाट समेत तालिममा सहभागीता जनाउन सकिने कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।