IME Life New

स्मार्टच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । एक विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरे ।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) वीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

Esewa
Crest

यस सम्झौता पछि शुलभ पे ९एन क्याश वालेट० प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने शुलभ पे मार्फत बिभिन्न व्यापाररव्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS