IME Life New

सानोठिमी भक्तपुरमा साथीमार्टको ११७औं आउटलेट विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११७ औं आउटलेट सानोठिमी भक्तपुरमा सञ्चालनमा आएको छ । चार जना साथीहरु दिलिप घर्ती, साजन राउत, पुरुषोत्तमकुमार चौरासिया र कुमोद मण्डलले रिटेल व्यवसायमा इच्छा भएर सोमबारदेखि उक्त आउटलेट सञ्चालनमा आएको हो ।

सात सय स्क्वायर फिटमा फैलिएको यो आउटलेट सानोठिमीको दिव्यश्वरी प्लानिङमा रहेको छ । रिटेल व्यवसायमा नयाँ लगानीकर्ता भएको मार्टका सँस्थापक सिइओ सागर पोख्रेलले जानकारी दिए ।

Esewa
Crest

नेपालको प्रख्यात रिटेल चेन साथीमार्टसँग हातेमालो गरि अगाडि बढन चाहानाले पनि आउटलेट खोलेको उनीहरुले बताएका छन् । सहरका व्यस्त बस्तीहरुमा गुणस्तरिय अल इन वन स्मार्ट मार्टको आवश्यकता देखेर यस क्षेत्रमा प्रवेश गरेको सञ्चालकहरुले बताएका छन् । यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट  (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS