काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६१ अंकले घटेर १,९५० दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।