काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । दुवै कम्पनीले आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन:
चुक्ता पूँजीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रहेको छ ।
जगेडा कोषको आधारमा :
रिलायन्स लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड रुपैयाँ संचित छ भने सानिमा लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड संचित छ ।
जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ९३ करोड हुँदा सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड रहेको छ ।
बीमा शुल्क आर्जन :
रिलायन्स लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने सानिमा लाइफ इन्स्योरेन्सले ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।
खुद नाफाको आधारमा :
रिलायन्स लाइफले १३ करोड १७ लाख खुद मुनाफा गरेकोमा सानिमा लाइफ इन्स्योरेन्सको खुद मुनाफा ५ करोड ०६ लाख रुपैयाँ रहेको छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
दावी भुक्तानीको आधारमा :
आर्थिक वर्ष ७९/८० को ३ महिनामा रिलायन्स लाइफले २७ करोड खुद दावी भुक्तानी गर्दा सानिमा लाइफले १४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ।
वार्षिक प्रति शेयर आम्दानी :
रिलायन्स लाइफको वार्षिक प्रति शेयर आम्दानी २५ रुपैयाँ १० पैसा हुँदा सानिमा लाइफको १० रुपैयाँ १४ पैसा छ।
किताबी मूल्य :
रिलायन्स लाइफको प्रति शेयर नेट्वर्थ(किताबी मूल्य ) १२० रुपैयाँ १३ पैसा हुँदा सानिमा लाइफको ११६ रुपैयाँ ९३ पैसा छ।