Connect IPS
IME Life

मौद्रिक समिक्षाले शेयर बजारलाई संबोधन गर्ने चर्चा सँगै ३२ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज प्रथम त्रैमाशिक मौद्रिक समिक्षा सार्वजनिक गर्ने तयारी सँगै दोस्रो बजारमा उछाल आएको छ । मौद्रिक समिक्षाले तरलता व्यवस्थापनदेखि लिएर शेयर बजारलाई सपोर्ट गर्ने गर्ने चर्चा सँगै नेप्से परिसूचक ३२ अंकले सुधार भएको हो ।

चुनाव सकिए सँगै नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षा जारी गर्न थालेको हो । पहिलो त्रैमाश सकिएको एक महिना वितिसक्दा पनि राष्ट्र बैंकले मौद्रिक समिक्षा जारी गर्न सकेको थिए । व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई मौद्रिक समिक्षा मार्फत अहिलेको तरलता अभावको समस्या र आर्थिक मन्दीलाई समाधान गर्न गरि काम गर्न आग्रह गर्दै आएको छ ।

Prabhu
Crest

साताको पहिलो कारोबार दिनमा नेप्से सूचक ३२.४३ अंकले सुधार भएर १९६५.९८ अंकमा रोकिएको छ । आज १६९ वटा कम्पनीको मूल्यमा सुधार आउदा २० वटाको घटेको छ । सर्वाधिक धेरै डिप्रोक्स लघुवित्तको ८.२१ प्रतिशतले मूल्य बढेको छ । बम्पर लाभांश घोषणा गरेको हिमालयन डिष्ट्रिलरीको शेयर सर्वाधिक धेरै ४ करोड ५० लाख रुपैयाँको खरिद बिक्री भएको छ । म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रोफाइनान्सको सूचकमा सुधार देखिएको छ ।

चुनाव पछि आजको सुधार सबैभन्दा ठुलो सुधार हो । अव नयाँ सरकार आउनेछ । साथै गभर्नरले पनि हिजोका दिनमा जति असहयोग गरेका थिए भोलिक दिनमा निरन्तरता दिने सम्भावना कम छ । यदि एमालेको नेतृत्वमा सरकार गठन भयो भने उनले सकारात्मक रुपमा काम गर्ने छन् । तर अहिलेसम्म कसरी सरकार बन्छ भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS