Connect IPS
IME Life

डिशहोमबाट फिफा विश्वकप हेर्न सकिने, यस्तो छ प्याकेज खरिदको व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोमले विभिन्न तरिकाबाट आफ्नो टिभीमा फिफा विश्वकप प्याकेज खरिद गर्न सक्ने ब्यबस्था गरेको छ। यद्यपि बेलुकी खेल सुरु हुने समयतिर प्याकेज खरिद गर्दा ग्राहकहरुको चाप अत्याधिक हुने हुँदा छिटो च्यानल खुलाउन सकेसम्म बिहानै अथवा दिउँसोको समयमा खरिद प्रक्रिया पुरा गर्न डिशहोमले जनाएको छ।

यस्ता छन् प्याकेज खरिद गर्ने तरिका 

Prabhu
Crest

नियमित रिचार्ज
DishHome मा FIFA World Cup Package खरिद गर्न सर्वप्रथम तपाँईको Set-Top Box Active State मा अथवा डिशहोमको नियमित प्याकेज रिचार्ज भएको हनुपर्दछ । यदि रिचार्ज गरिसकेको छ र Set-Top Box चालु अवस्थामा छ भने सो Set-Top Box को रिचार्ज सकिने मिति 19-December 2022 (४ पौष, २०७९) भन्दा पछि सम्मको हुनु पर्नेछ । आफ्नो रिचार्ज सकिने मितिको जानकारी Remote को CAS लेखिएको Button थिचेर टिभीमा पनि हेर्न सकिन्छ । यदि 19-December 2022 भन्दा अगावै तपाँईको Set-Top Box को रिचार्ज सकिदैं छ भने FIFA WORLD CUP Package खरिद गर्नु भन्दा पहिला तपाईको Set-Top Box नियमित रिचार्ज गर्नु पर्नेछ । नियमित रिचार्ज गर्दा र FIFA WORLD CUP Package खरिद गर्दा छिटो च्यानल खुलाउन खरिद प्रक्रिया अवधिभर कृपया आफ्नो Set-Top Box ON गरेर च्यानल नं. 982 वा 170 लगाएर राख्नुपर्दछ।

FIFA WORLD CUP Package खरिद गर्न CAS ID को प्रयोग
FIFA WORLD CUP Package खरिद गर्न अनिवार्य रुपमा Set-Top Box को CAS ID नै प्रयोग गर्नु पर्ने हुन्छ । CAS ID प्रयोग गरिरहनु भएको Set-Top Box को पछाडीको स्टिकरमा प्रस्ट लेखिएको हुन्छ अथवा CAS लेखिएको Button थिचेर टिभीमा पनि CAS ID हेर्न सक्नुहुन्छ । CAS ID 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ । १ भन्दा वढी Connection (Multi TV) का ग्राहकहरुको Customer ID एउटै भए पनि प्रत्येक Set-Top Box को CAS ID फरक फरक हुन्छ, त्यसैले जुन Set-Top Box बाट FIFA WORLD CUP Package खरिद गर्ने हो सोही Set-Top Box को CAS ID प्रयोग गर्नुपर्नेछ । विश्वकप प्रसारण हुने च्यानलहरु (982 HD र 170 SD) प्रति Set-Top Box रु. 565 अतिरिक्त तिरेर मात्रै खुलाउन सकिन्छ ।

डिलर दाई मार्फत FIFA WORLD CUP Package खरिद प्रक्रिया

Set-Top Box को नियमित प्याकेज रिचार्ज भैसकेपछि सो Set-Top Box मा FIFA WORLD CUP Package खरिद गर्न सकिन्छ । सजिलै FIFA WORLD CUP Package खरिद गर्न आफ्नो Set-Top Box को CAS ID लिएर सकेसम्म नजिकैको डिलर दाईकोमा सम्पर्क राख्नुपर्दछ ।

अनलाइन पेमेन्ट वालेट मार्फत प्याकेज खरिद तरिका

Online Payment Services हरु मार्फत FIFA WORLD CUP Package खरिद गर्न आफुले प्रयोग गर्ने Online Payment Service अनुसार निम्न प्रक्रिया पालना गर्नुपर्दछ ।

आईएमई पे

IME Pay को App खोल्नुपर्दछ, FIFA WORLD CUP 2022 लेखिएको मुनि DishHome छनौट गर्नुपर्दछ , CAS ID लेखिएको ठाँउमा आफ्नो Set-Top Box को CAS ID राख्नुपर्दछ (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Next Button थिच्नुपर्दछ, Cinema Details लेखिएको मुनि FIFA WORLD CUP 2022 छनौट गर्नुपर्दछ तल Select Cinema लेखिएको अर्को खाली बक्स देखा पर्छ, Select Cinema लेखिएको बक्समा FIFA WORLD CUP छनौट गरि Next Button थिच्नुपर्दछ, यसपछिको Screen मा तपाईले तिर्ने रकम रु 565 देखिएपछि Next Button थिच्नुपर्दछ, यसपछि आफ्नो IME Pay को Password राखेर Next Button थिच्नुपर्दछ खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS