IME Life New

रवि लामिछानेको चुनाव खर्च जम्मा ११ लाख ८१ हजार, यस्ता छन् मतदातालाई दिएको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानले आम निर्वाचनमा जम्मा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएको जनाएका छन् । उनले यसमा अवधिमा पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामाग्रीहरुको हिसाव जोडेका छैनन्।

उनले आफु निर्वाचित चितवन २ का मतदातालाई धन्यवाद दिदै कार्यकाल भरी कुनै पनि सम्मान पुरस्कार उपहार ग्रहण गर्ने निधो गरेका छन् । लामिछाने राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ  काठमाडौ आउदै छन्।

Esewa
Crest

उनले केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर मतदाताको सेवामा समर्पित हुने जनाएका छन् । पुर्ण चुनावी नतिजा र  संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु सबैलाई अनुरोध गरेका छन् । सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने उनको वाचा छ।

यस्ता छन् प्रतिवद्धता

१) मेरो चुनावी खर्च ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)

२) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।

३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर  ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण  भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य  पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)

४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।

५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।

६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।

७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको  सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।

८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण  विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।

९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा  चितवन ११ स्थित घरमा  राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको  बाकसमा  खसाउनु होला।

१०) लामो लामो राजनीतिक छ्लफलहरु  भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता,  समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका  सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS