Connect IPS
IME Life

पाँच हाइड्रोपावरले पाए आइपीओ निष्काशनको अनुमति, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल धितोपत्र बोर्डले पाँच वटा कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आइपीओ निष्काशनको अनुमति दिएको हो।

यी पाँच कम्पनीहरुले आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेका हुन् । एशियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा कुल ३४ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Prabhu
Crest

त्यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा कुल ५० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सुपर मादी हाइड्रोपावरले २ करोड १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। माया खोला हाइड्रोपावरले कुल १ करोड कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

त्यस्तै, शुभम पावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

एशियन हाइड्रोपावरले कार्तिक २९ गते बोर्डबाट अनुमति पाएको हो भने बाँकी चार कम्पनीले मंसिर १ गते बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS