काठमाडौं । आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेललाई लक्षित गरी ग्राहकलाई छुट दिन सम्झौता भएको हो ।
सम्झौता अनुसार ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तम ३ सय सम्म) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६ सय सम्मको छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ।
आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।