काठमाडौं । आज बजार ७ दशमलव ७२ अंकले घटेर १,९२१ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिभिल बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्ट्याण्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।