काठमाडौं । आज चुनावपछिको शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर १,९२९ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । बैंकको १२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज रिडी पावर कम्पनीको ८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै यूनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।