IME Life New

देशभर मतगणना सुरु, पुराना दल प्रतिको आक्रोस ‘मत’ स्वतन्त्रमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सकिए सँगै आजदेखि मत गणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा अधिकाम्स क्षेत्रमा स्वतन्त्र उम्मेदवारले सुरुवाति अग्रता लिएका छन् । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा सँग सँगै राम्रो मत प्राप्त गर्ने संकेत देखिएको छ ।

प्रमुख राजनीतिक दलहरु गठबन्धनमा होमिदै गर्दा स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारले पनि राम्रै मत प्राप्त गरेका छन् । मत गणनाको प्रारम्भिक गणनामा अग्रता देखिए पनि पुर्ण रुपमा गणना नभएसम्म अन्तिम नतिजाको आकलन गर्न भने सकिने अवस्था छैन ।

Esewa
Crest

नेपाली कांग्रेस, नेकपा माओवादी, समाजबादी लगातको गठबन्धन भएको हुँदा केहि स्थानमा स्वतन्त्रले बाजी मारे पनि अधिकाम्स स्थानमा यहि गठबन्धनको पल्ला भारी हुने अनुमान गरिएको छ । सँग सँगै नेकपा एमालेले पनि राम्रै मत प्राप्त गरेको देखिन्छ । अधिकाम्स स्थानमा नेकपा एमाले एकल रुपमा उठेको हुँदा नेकपा माओवादी र नेपाली कांग्रेसका असन्तुष्ट पक्षको असहयोगले अन्तरघात भएको हुन सक्ने आकलन गरिएको छ ।

जसरी यस भन्दा अगाडी आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले जुन किसिमले बाजी मारेका थिए यस पटक नेपाली काङ्ग्रेसको गठबन्धनले त्यहि किसिमको बाजी मार्न सक्ने देखिदैन । त्यसमा पनि यस पटक इतिहासकै सर्वाधिक कम मत खसेको छ । राजनीतिक दल प्रतिको असन्तुष्ठीको परिणाम यस पटक ६१ प्रतिशत मात्रै मत खसेको छ । यसले गर्दा पनि परम्परागत पार्टी र उम्मेदवारले सहजै जीत हासिल गर्न मुस्किल पर्ने देखिन्छ । हिजो मतदान स्थगन भएका स्थानमा पुनः मतदान सुरु भएका छन् भने कतिपय स्थानमा बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS