IME Life New

वर्ल्डकपको लागि खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज, साथमा शतप्रतिशत क्यासब्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नोभेम्बर २०, २०२२ देखि कतारमा हुन गईरहेको आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ जहाँ प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ (भ्याट ६५ रूपैयाँ) मा प्याकेज खरिद गर्न सक्ने खल्तीले जनाएको छ ।

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १,००० वर्ल्ड कप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको छ। खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्व कप टिभी प्याकेज खरिदमा १०० प्रतिशत क्यासब्याक पाउनेछन्।

Esewa
Crest

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “विश्वभरी सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टहरू मध्ये यसको क्रेजलाई ध्यानमा राख्दै हामी प्रत्येक नेपालीको घरघरमा यो सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानीको सुविधा दिन पाउँदा खुसी छौं। यसको शीर्षमा, मलाई विश्वास छ कि हाम्रा प्रस्तावहरू र उपहारहरूले यस विश्वकपको सिजनलाई थप आकर्षक र रमाइलो बनाउनेछ।”

खल्ती एप भित्र नेट टिभी लगायतका अन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन्। अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्नेछन् भने लक्की ड्र कोलागि योग्य हुन केवाईसी भेरिफाइड अनिवार्य छ।

केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्। खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS