IME Life New

जीवन बीमा कम्पनीहरुको शेयर बजारमा १७ अर्बको लगानी, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा १७ अर्ब भन्दा माथिको लगानी गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण शेयरमा मात्रै ९ अर्ब ४५ करोड रुपैयाँको लगानी गरेका छन् । त्यस्तै सूचिकृत कम्पनीको संस्थापक शेयरमा ७ अर्ब ४५ करोड लगानी गरेका छन् ।

नियमन अनुसार नै सूचिकृत नभएका पब्लिक लिमिटेड कम्पनीको शेयरमा पनि ३९ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण शेयरमा सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानको लगानी रहेको छ । जीवन बीमा कम्पनीहरुले शेयरमा गरेको कुला लगानीको अनुपातमा संस्थानको मात्रै २२ प्रतिशत हिस्सा रहेको छ । संस्थाले दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयरमा मात्रै २ अर्ब १५ करोड लगानी गरेको छ ।

Esewa
Crest

कुल लगानीमा ३० प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफले शेयर बजारमा गरिएको लगानीमा भने ११.२९ प्रतिशत मात्रै हिस्सा ओगटेको छ । नेपाल लाइफले शेयर बजारमा ठुलो घाटा बेहोरे सँगै यस वर्ष लगानीलाई विनिवेश गरेर प्रभिजनिङ हुनबाट हटाएको छ । गत वर्ष शेयर बजारमा भएको घाटालाई प्रोभिजनिङ गर्दा मुनाफामा असर पुर्याएको थियो ।

दोस्रो बजारमा एलआइसी नेपालको छ । कम्पनीले दोस्रो बजारमा मात्रै एक अर्ब ३२ करोड लगानी गरेको छ । दोस्रो बजारमा गिरावट आउदा कम्पनीको पोर्टफेलियो यो लगानीबाट पनि तल झरे पछि प्रोभिजनिङ नै गर्नु परेको थियो । प्रोभिजनिङकै कारण कम्पनीले पहिलो त्रैमाशिक वित्तीय विवरणमा नोक्सान देखाउन बाध्य भएको छ ।

प्राइम लाइफको पनि दोस्रो बजारमा ९४ करोडको लगानी छ । मेट लाइफले दोस्रो बजारमा लगानी नै गर्ने गरेको छैन । नेपाल लाइफले दोस्रो बजारमा भन्दा पनि दोस्रो बजारमा सूचिकृत कम्पनीको संस्थापक शेयरमा लगानी बढाएको छ । कम्पनीले यस्तो क्षेत्रमा मात्रै तीन अर्बको लगानी गरेको छ । संस्थापक शेयरमा लगानी गर्नेहरुमा क्रमश राष्ट्रिय बीमा संस्थान १८ करोड ६५ लाख, नेशनल लाइफ एक अर्ब, एलआइसी एक अर्ब ३८ करोड, एशियनको ८२ करोड ३० करोड, सूर्या लाइफको ३८ करोड ६८ लाख लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS