Connect IPS
IME Life

सूर्या र ज्योति लाइफले ल्याए स्वेच्छिक अवकाशको योजना, लाभ रकमका अतिरिक्त एक वर्षसम्मको तलब भत्ता पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको अन्तिम चरणमा पुगेका सूर्या लाइफ र ज्योति लाइफले कर्मचारी स्वेच्छिक अवकास योजना ल्याएका छन् । दुबैले स्वेच्छिक अवकासमा सहभागिता हुन चाहनेलाई लाभ रकमका अतिरिक्त अधिकतम एक वर्षसम्मको खाइपाइआएको तलब भत्ता बराबर एकमुष्ठ रकम प्राप्त गर्नेछन् ।

यो योजनामा स्थायी कर्मचारीले सहभागिता जनाउन पाउने छन् । मर्जर पछि बन्ने कम्पनीको सेवामा निरन्तरता दिन नचाहने कर्मचारीहरुलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको ।

Prabhu
Crest

यस योजनामा उल्लेख भएका व्यवस्था अनुरुप आवेदन स्वीकृत भएका कर्मचारीहरुलाई निजहरुले हालसम्म पुर्याएको योगदानको कदर गर्दै स-सम्मान विदाइ गर्न कम्पनीको सञ्चालक समितिले कर्मचारी स्वेच्छिक अवकाश योजना-२०७९ जारी गरेको हो । स्वेच्छिक अवकाशको लागि न्यूनतम मापदण्ड पुरा गरेका कर्मचाहरुलाई मंसिर एक गतेदेखि ६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

स्वेच्छिक अवकाशको योजनामा आवेदन दिन चाहने कर्मचारीले कम्पनीमा कम्तीमा २ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनु पर्नेछ । त्यस्तै यो योजना जारी भएको मितिमा ४६ वर्ष पुरा गरेका स्थायी कर्मचारी हुनु पर्नेछ र वरिष्ठ अधिकृत वा सो भन्दा माथिल्लो पदमा कार्यरत स्थायी कर्मचारीले यस योजना सहभागिता जनाउन सक्नेछन् ।

स्वेच्छिक अवकाश योजना अन्तर्गत लाभ रकम हिसाव गणना गर्दा कार्तिक ३० गतेसम्मको दिनलाई आधार मानिने दुबै कम्पनीले जनाएका छन् । अवकाश योजनाको लागि आवेदन स्वीकृत भएका कर्मचारीहरुलाई तोकिएको सुविधा बाहेक अतिरिक्त सुविधा दिने व्यवस्था गरेको छ । उनिहरुले अतिरिक्त सुविधा बापत आवेदन आह्वान गरेको अघिल्लो महिनामा खाइपाइ आएको कुल मासिक तलब, ग्रेड र भत्ताको दरले हुन आउने रकमका आधारमा प्राप्त गर्न सक्ने छन् । यसरी खाइपाइ आएको सुविधा अन्तर्गत उनिरुले पाएको इन्टरटेनमेण्ट एण्ड गेष्ट, सवारीसाधन भत्ता, आउटस्टेशन भत्ता लगायतका अन्य भत्ता जोडिने छैन ।

अतिरिक्त सुविधा रकमको मापदण्ड

प्रमुख कार्यकारी अधिकृतदेखि सहायक महाप्रबन्धकसम्म

यस पदमा रहेका कर्मचारीले न्युनतम ६ महिनाको तलब भत्ता पाउने छन् । यदि उनिहरुले तीन वर्षदेखि ५ वर्षसम्म काम गरेकाले थप ४ महिना, ५ वर्षदेखि १० वर्षसम्म काम गरेकाले थप ६ महिना र १० वर्ष भन्दा बढी काम गरेकाले थप ८ महिनाको तुलब भत्ता पाउने छन् ।

नायब महाप्रवन्धकदेखि सहायक प्रबन्धकसम्म

यस पदमा रहेका कर्मचारीले न्युनतम ७ महिनाको तलब भत्ता पाउने छन् । यस बाहेक उनिहरुले यदि तीन वर्षभन्दा बढी ५ वर्षसम्म काम गरेमा थप ५ महिना, ५ वर्ष भन्दा बढी १० वर्षसम्म काम गरेकाले थप ७ महिना र १० वर्ष भन्दा बढी काम गरेकाले थप ९ महिनाको तलब भत्ता पाउने छन् ।

बरिष्ठ अधिकृतदेखि कनिष्ठ अधिकृतसम्म

यद पदमा रहेका कर्मचारीले न्युनतम ८ महिनाको तलब भत्ता पाउने छन् । यस बाहेक उनिहरुले यदि तीन वर्षभन्दा बढी ५ वर्षसम्म काम गरेमा थप ६ महिना, ५ वर्ष भन्दा बढी १० वर्षसम्म काम गरेकाले थप ८ महिना र १० वर्ष भन्दा बढी काम गरेकाले थप १० महिनाको तलब भत्ता पाउने छन् ।

बरिष्ठ सहायकदेखि कार्यालय सहायक एकसम्म

यस पदमा रहेका कर्मचारीले न्युनतम १० महिनाको तलब भत्ता पाउने छन् । यस बाहेक उनिहरुले यदि तीन वर्षभन्दा बढी ५ वर्षसम्म काम गरेमा थप ७ महिना, ५ वर्ष भन्दा बढी १० वर्षसम्म काम गरेकाले थप ९ महिना र १० वर्ष भन्दा बढी काम गरेकाले थप ११ महिनाको तलब भत्ता पाउने छन् ।

सहयोगीदेखि कार्यालय ०२, ०३, ०४ र सहयोगी

यद पदमा रहेका कर्मचारीले न्युनतम १२ महिनाको तलब भत्ता पाउने छन् । यस बाहेक उनिहरुले यदि तीन वर्षभन्दा बढी ५ वर्षसम्म काम गरेमा थप ८ महिना, ५ वर्ष भन्दा बढी १० वर्षसम्म काम गरेकाले थप १० महिना र १० वर्ष भन्दा बढी काम गरेकाले थप १२ महिनाको तलब भत्ता पाउने छन् ।

लाभ रकम र अतिरिक्त सुविधा बाहेक अन्य सुविधा रकम पनि प्राप्त गर्न सक्ने छन् । अवकाश योजनाको लागि आवेदन स्वीकृत भएका कर्मचारीहरुलाई योजना बमोजिम तोकिएका अतिरक्त सुविधाको साथै कम्पनीको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली २०७४ बमोजिम निजहरुले पाउने सम्पुर्ण सुविधा प्राप्त गर्ने छन् ।

कर्मचारी स्वेच्छिक अवकाश योजनालाई अधिकारको रुपमा दाबी गर्न नपाइने कम्पनीले जनाएको छ । कम्पनीको सहजताको आधारमा मात्र आवेदन स्वीकृत गर्ने वा नगर्ने निर्णय लिन अधिकार कम्पनीको अधिकार प्राप्त अधिकारीमा निहित हुनेछ ।

योजनामा सहभागि हुन चाहने कर्मचारीले तोकिएको ढाँचामा निर्धारित म्याद भित्रै आधिकारिक इमेल ठेगाना मार्फत आवेदन दिनुपर्नेछ । म्याद नाघी प्राप्त आवेदन उपर कुनै कारबाही नहुने कम्पनीले जनाएको छ । अन्तिम कार्यदिन समाप्त हुनु अगावै सम्बन्धित कर्मचारीले बुझबझारथ कार्य सम्पन्न गर्नुपर्नेछ । कर्मचारीले स्वेच्छिक अवकाश योजना अन्तर्गत पाउने अतिरिक्त लाभ रकममा प्रचलित कानुन बमोजिम नियमानुनसार लाग्ने कर कट्टा गरि बाँकी रकम मात्रै निजको खातामा जम्मा गरिने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS