IME Life New

डी.ए.भी कलेजद्वारा दिक्षान्त समारोह सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डीएभी कलेज अफ म्यानेजमेन्ट भनिमण्डल ललितपुरले बी.बी.ए र बी.बी. एस विद्यार्थीहरु लक्षित दिक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम दी शोल्टी होटल काठमाण्डौँमा कार्तिक २६ गते सम्पन्न भएको हो ।

कलेजद्वारा सम्प्रेसित विज्ञप्ति अनुसार बी.बी. ए. का चौधौँ ब्याच र बी.बी. एस का १५औं  व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो ।

Esewa
Crest

समारोहमा उपस्थित विद्यार्थीहरुलाई डी.ए.भी. कलेजका अध्यक्ष अनिल केडिया, प्रा.डा. डिल्ली राज शर्मा, डीन व्यवस्थापन शंकाय त्रि.वि. किर्तिपूर, बोधि राज शर्मा, सीइ ओ. महालक्ष्मि बिकास बैंक, एसोसियट प्रा.डा. मनोज कुमार चौधरी, भुवन राज जोशी मानव संशोधन यति वल्र्ड एवं प्रेसिडेन्ट एच.आर. सोसाइटी नेपाल, शिलु अर्याल हेड अफ एच.आर सीभील बैंकले दीक्षित गर्दै उच्च सफलताको शुभकामना दिए ।

उक्त दीक्षान्त समारोहमा अधिकांश सहभागिहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरे ।
सहभागिहरुले डी.ए.भी. कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नविनतम प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताए ।

सोही अवसरमा डी.ए.भी. कलेजका अध्यक्ष श्री अनिल केडियाले दीक्षीत विद्यार्थी एवं अभिभावकहरुलाई बधाई एवं शुभकामना दिदैँ कलेज परिवार विद्यार्थीहरुको करियर लगायत अन्य प्राज्ञिक सहयोग गर्न प्रतिबद्ध समेत रहेको जानकारी गराए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS