IME Life New

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक भएको छ । बुधबार होटेल ¥याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्बजनिक गरिएको हो ।

नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप अनावरण गरी शुरूवात गरेका हुन्।

Esewa
Crest

कार्यक्रममा राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरुको सहभागी थियो ।

कार्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा बिशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरि सुदृढ, स्केलेबल र सुरक्षित छ भन्नेबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा मन्तब्य दिंदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले भबिष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS