Connect IPS
IME Life

चुनाव अगाडी शेयर बजार बढ्दो लयमा, निर्वाचन पछि के होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चुनाव अगाडी शेयर बजार बढ्दो लयमा देखिएको छ । चुनाव पछि बैंकिङ तरलता सहज हुने र नयाँ नेतृत्व आउने कुराले लगानीकर्ताको मनोविज्ञान बढ्दा आज एकै दिन २५ अंकको सुधार देखिएको छ ।

चुनावमा कालो धन र लुकाएको पैसा बाहिर आउने हुँदा बैंकिङ तरलता सहज हुने विश्लेषण गरिएको छ । तरलता सहज भए सँगै व्याजदर घट्नेछ । व्याजदर घट्ने वित्तीकै शेयर बजारमा सुधार आउने विश्लेषकहरु बताउछन् ।

Prabhu
Crest

यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन पछि नयाँ नेतृत्व आउने र अहिलेको आर्थिक संकटलाई संबोधन गर्ने विश्लेषण गरिएको छ । अवको निर्वाचित सरकारको पहिलो एजेण्डा नै देशलाई आर्थिक संकटबाट बचाउनु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक समिक्षामा रेमिट्यान्सदेखि लिएर विओपी बढेको पाइएको छ । विदेशी मुद्राको संञ्चिति सँगै अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको छ । सँग सँगै विदेशिनेको संख्या बढिरहेको छ भने रेमिट्यान्स पनि बढेको छ ।

चुनावका कारण नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स, नयाँ एक्सचेन्जको लाइसेन्स रोकेर राखेको छ । चुनाव पछि नयाँ नेतृत्व आउने र सोहि सरकारको तजविजमा बाँकी प्रकृयाँ अगाडी बढ्ने भएकाले पनि ब्रोकरहरु अहिलेसम्म ढुक्क भएर बसेका छन् ।

चुनाव पछि बजारमा तरलता बढ्ने चर्चाले निष्कृय रहेका लगानीकर्ता पनि बजारमा जुर्मुराउन थालेका छन् । यसै क्रममा चुनाव अगाडीको अन्तिम कारोबार दिनमा एक अर्ब ७१ करोडको कारोबार भएको छ । नेप्से सूचक २५ दशमलब ५७ अंकले बढेर १९३६ दशमलब ८३ अंक कायम भएको छ । १३२ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १३ वटाको मूल्य घटेको छ ।

सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै फर्वार्ड माइक्रोफाइनान्सको शेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोडको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS