IME Life New

रिलायन्स लाइफ छैठौं वर्षमा प्रवेश, ‘एक लाख ६२ हजार पोलिसी मार्फत ९ अर्ब बीमा शुल्क आर्जन गर्न सफल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी ५ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको छ । रिलायन्स लाइफले आज भन्दा ठिक ५ वर्ष अगाडी २०७४ मंसिर एक गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेका थियो ।

जीवन बीमा व्यवसाय सञ्चालन गर्ने मुलभुत उद्देश्यका साथ कम्पनी ऐन २०६३ बमोजिम मिति २०६४ साल मंसिर ११ गते नेपाल सरकार उद्योग विभाग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई विधिवत रुपमा स्थापित भए पनि बीमा प्राधिकरणले लाइसेन्स खुला नगर्दा कम्पनीले १० वर्ष कुरा गरेको थियो । कम्पनीले २०६४ साल साउन १८ गते आवेदन दिएको थियो ।

Esewa
Crest

बीमा प्राधिकरणले २०७४ सालमा जीवन बीमा कम्पनीको लाइसेन्स आह्वान गरे सँगै रिलायन्सलले पुनः आवेदन दियो । यसरी लामो समयको प्रतिक्ष र धर्यता पछि कम्पनीद्ये २०७४ असोज २७ गते जीवन बीमा व्यवसाय सञ्चालनका लागि प्रमाणपत्र प्राप्त गरेको थियो ।

कम्पनीले आफ्नो उद्देश्य अनुरुपको व्यवसायीक कारोबार प्रारम्भ गर्नका लागि प्रचलित कानून बमोजिम सम्बन्धित नियमनकारी निकायबाट कारोबार संचालनकोलागि स्वीकृति प्राप्त गरी २०७४ मंसिर ०१ अर्थात आजैकै दिनबाट विधिवत कारोबार संचालनमा ल्याएको थियो ।

सञ्चालनमा आएको ५ वर्ष पुरा हुनै लाग्दा रिलायन्स लाइफ मर्जरको अन्तिम संघारमा छ । सानिमा लाइफ सँग मर्जरको संझौता गरेको रिलायन्सले अवको केहि समयमा एकिकृत कारोबार गर्ने योजना बनाएको छ ।

स्थापनाकालदेखि आजसम्मको अवधिमा कम्पनीले ८ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा एक लाख ६२ हजार बीमा पोलिसी बिक्री गरिसकेको छ । जीवन बीमा व्यवसायको पहिलो चक्रको एक चौथाई अवधि पुरा गरेको रिलायन्स लाइफले विस्तारै विस्तारै विभिन्न सूचकमा प्रगति गरिरहेको छ ।

एक अर्ब ४६ करोड ९० लाख रुपैयाँ पूँजी सहित स्थापित रिलायन्सले सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको आइपिओ जारी गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा ३६ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा तीन अर्ब ९३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS